१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्तावको विरोध गर्दै बुटवलमा प्रदर्शन


0
Shares

बुटवल, असोज १६ । यसैबीच प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा विरोध प्रदर्शन सुरु भएको छ ।

प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् ।

प्रदेश सरकारलेको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

प्रस्ताव पेश हुनासाथ नेविसंघले बुटवलमा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार स्कारपियोसहित तीन वटा गाडी तोडफोड गरेको छ ।

बुटवलका ठाउँठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएका छन् ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरि नेबिसंघले आन्दोलन सुरु गरेको बताउनुभएको छ ।