
काठमाडौं, असोज १८ । केही न्यायाधीशमा कारोना संक्रमण देखिएका कारण सर्वोच्च अदालतले एकल बाहेक सबै इजलास बन्द गरेको छ ।
अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले केही न्यायाधीशमा संक्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको जानकारी दिनुभएको छ ।
सर्वोच्च अदालतमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुने भएपनि संक्रमणका कारण केही न्यायाधीश होम आइसोलेनमा रहेकाले एकल इजलास मात्र सञ्चालनमा रहेको सहप्रवक्ता दाहालले जानकारी दिनुभयो ।
उहाँले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश डा. मनोजकुमार शर्मा मात्र कार्यालय आउनुभएको छ ।
आइतबार न्यायाधीश डा.शर्माको एकल इजलास मात्र सञ्चालनमा छ ।
सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाई हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनुवाई हुने जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी संक्रमित भएको र संक्रमित सबै होम क्वारेन्टिन र आइसोलेसनमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्