१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कारको घटनामा मिलेमतो गराउने ८ जना पक्राउ, घटना गुपचूप गराउन पाँच लाखको कपाली तमसूक


13
Shares

Siraha rape vitime panchayati

असोज १८ । सिरहामा १६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा मुख्य अभियुक्तसहित ८ जना मतियारलाई पक्राउ गरिएको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले मुख्य अभियुक्त विष्णुपुर नगरपालिका– १ विष्णुपुरका २० वर्षीय मुकेश कुमार साहसहित ८ जनालाई पक्रेको हो ।

मतियारको अभियोगमा सोही नगरपालिका– १ का ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरबिन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४१ वर्षीय रामउदागर यादव, ६१ वर्षीय जगरविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादवलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई सिरहाको विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिनुभएको हो ।

असोज १२ गते बलात्कृत ती किशोरीलाई घर नजिकैको गोठमा मुकेशले जबरजस्ती करणी गरेको सिंहको भनाइ छ ।

मुकेशबाट बलात्कृत किशोरी रुँदै घर पुगेपछि गाउँमा हल्ला फिजिए पनि घटना ढाकछोप गर्न शत्रुधन साहको घरमा पीडित परिवार र मुकेशको परिवारलाई बोलाई मिलेमतो गराइएको जनाइएको छ ।

पञ्चायतीमा बस्नेहरुले पीडित परिवारलाई ५ लाख दिने भन्दै सहमति गराइएको डीआईजी सिंहो भनाइ छ ।