
नवलपुर, असोज १९ । हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो ।
रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा सोमबार लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट घाइते भएका उहाँको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्