१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली सेना सुडान प्रस्थान


0
Shares

काठमाडौं, असोज १९ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली सोमबार दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ ।

त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा पहिलो टोलीका ७८ जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कोभिड–१९ महामारीकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको उक्त अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पूर्ण पालना गरिएको सेनाले जनाएको छ ।

यसैबीच, सुडानमा आफनो तोकिएको कार्यकाल पूरा गरीे नेपाली शान्ति सैनिकको एक टोली मङ्गलबार स्वदेश आइपुग्दैछ । रासस