२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मन्त्रीको अराजक शैली, रोष्टमबाटै भने–‘विरोधी सांसदलाई घिसारेर निकाल्’


13
Shares

provience butwal province capital parliament chair vandalize

काठमाडौं, असोज १९ । प्रदेश नम्बर ५ को राजधानी कहाँ राख्ने र प्रदेशको नाम के रहने भन्नेमा यतिबेला रडाको मच्चिरहेको छ ।

कोरोनाको संक्रमणका समय देश नै आहत भइरहेका बेला आफ्नै दलका सांसदसमेतको समर्थन जुटाउन नसकेको प्रदेश सरकारले एकाएक बुटवलको साटो दाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएपपछि यतिबेला बुटवलमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

यसक्रममा सोमबार प्रदेश संसदमा सरकार र विपक्षी सांसद ध्वंसात्मक गतिविधिमै उत्रिए । सरकारका मन्त्री र विपक्षी सांसद दुबैको व्यवहार असंसदीय र निन्दनीय देखियो ।

संसदमा पेश भएको राजधानी सार्ने प्रस्तावको विरोधमा उत्रिएका विपक्षी सांसदहरु कुर्सी तोड्ने, माइक भाँच्नेसम्मको हर्कतमा उत्रिए ।

अर्कातिर सरकारको मन्त्रीको शैली उस्तै असंसदीय र अराजक देखियो । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका नेपाली कांग्रेसका सांसदलाई घिसारेर निकाल्न आदेश दिनुभयो ।

संसद बैठकको मर्यादा गर्न उभिएका मर्यादापालकलाई पटक पटक हातले तान्दै मन्त्री केसीले विरोधमा उत्रिएकाहरुलाई लतारेर बाहिर निकाल्न दिएको निर्देशन अत्यन्तै गैरसंसदीय देखिन्थ्यो ।

आफूले बोलिरहेका बेला नाराबाजी र टेबुल ठटाएको भन्दै मन्त्री केसीले विपक्षी दलका सांसदलाई घिसारेर निकाल्ने आदेश दिनुभएको हो ।

मर्यादापालकलाई मन्त्रीको निर्देशन थियो, ‘हेल्लो, समातेर हालि दिनुस ्। घिसारेर निकालिहाल्नुस् । निकालिहाल्नुस् ।’

त्यतिले नपुगेर मन्त्री केसीले आफ्नै सांसदहरुलाई पनि निर्देशनात्मक शैलीमा भन्नुभयो, ‘मान्य सदस्यहरू, बाहिर निकालिहाल्नुस् ।’

घिसारेर निकालिहाल् …..निकालिहाल् ……..मान्नीय सदस्यहरु कुरा सुन्नुस् …

Posted by Jeevan Bhandari on Monday, 5 October 2020