७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बैंकको ताकेतापछि पोखराका पर्यटन व्यवसायी विरोधमा


0
Shares

पोखरा, असोज २० । पर्यटन व्यवसायीहरुलाई किस्ता र व्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरुले ताकेता गरेपछि उनीहरुले त्यसको विरोध गरेका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिविपरीत आफूहरुलाई ताकेता र दबाब दिने गरको भन्दै उनीहरुले त्यसको बिरोध गरेका हुन् ।

व्यवसायीहरुले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनीहरले कोरोना महामारीका कारण पर्यटन क्षेत्र धारासायी भएको भन्दै तत्काल केही गर्न नसकिने जनाएका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन क्षेत्रको लगानी डुब्दा बैंक तथा वित्तीय क्षेत्र पनि डुब्ने सम्भावना रहेकोले व्यवसायीलाई आतंकित नपार्न आग्रह गर्नुभयो ।

नेपाल राष्ट्र बैंक पोखराका निर्देशक ईश्वरीप्रसाद भट्टराईले मौद्रिक नीतिका आधारमा रहेर काम गर्न बैंक तथा वित्तीय संस्थासंग आग्रह गर्नुभयो ।

नेपालमा बैंक तथा वित्तीय क्षेत्रको पर्यटन क्षेत्रमा मात्रै १ सय ४० अर्ब रुपैयाँ लगानी रहेको भन्दै उहाँले बचाउँने दायित्व सबै पक्षको भएको बताउनुभयो ।