
चितवन, असोज २० । चितवनमा दुईवटा गैंडा मृत अवस्थामा फेला परेका छन् ।
एउटा सौराहा सेक्टरतर्फ र अर्को नारायणी नदीमा बगेर भारत पुगेको गैंडा मृत भेटिएको हो । सौराहा बनकट्टा बनगछियामा भाले गैंडा मृत भेटिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा बस्ने विश्वकै दुर्लभ वन्यजन्तु एक सिँङ्गे गैंडा मर्नेक्रम नरोकिएपछि चिन्ता थपिएको छ ।
हालसम्म एउटा गैंडाबाहेक अन्य सबै प्राकृतिक र दुर्घटनाबाट मरेको निकुञ्ज प्रशासनले जनाएको छ ।
यि दुईसहित चालु आर्थिक वर्षको ३ महिनामा मात्रै ७ वटा गैंडा मरिसकेका छन् ।
३ दिनअघि नारायणी नदीमा बगेको एउटा गैंडा असोज १७ गते शनिबार त्रिवेणीमा मृत फेला परेका थियो ।
असोज १६ गते शुक्रबार पनि नवलपुर लामिचौर नजिक पनि मृत गैंडा फेला परेको थियो ।
निकुञ्जभित्र गत भदौ २१ गते पनि एउटा गैंडा मृत भेटिएको थियो ।
जसलाई तस्करले मारेको बताइएको छ । गणना अनुसार हालसम्म देशभर ६ सय ४५ गैंडा थिए ।
तिमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्