२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तातोपानी नाका खुलेको एकदिनमै बन्द


0
Shares

सिन्धुपाल्चोक, असोज २० । तीन महिनापछि सोमबार खुलेको तातोपानी नाका मंगलबार पुनः बन्द भएको छ ।

भन्सार सामाग्री लोडअनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नाका बन्द भएको हो ।

कोरोना पुष्टि भएपछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको हो ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत रमचन्द्र ढकालले नाका खुल्दा भित्रिएका १२ कन्टेनरका सामग्रीको भन्सार नभएको बताउनुभयो ।

सामग्रीको डकुमेन्ट मिल्ने क्रम बाँकी रहेको उहाँको भनाइ छ ।

चीनबाट आएका अन्य थप सामग्री मितेरी पुल पारी नै भूईंमा थन्काइएको छ ।

लोड अनलोड गर्नेलाई कोरोना पुष्टि भएकै कारण उक्त सामग्री भुईंमै अलपत्र छाडिएको हो ।

नेपालमा परीक्षण गर्दा तीनैजना मजदुरको कोरोना रिपोर्ट निगेटिभ आएको थियो ।

तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएपछि चीनले एकतर्फी रुपमा बन्द गरेको हो ।

खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दसैंअघि काठमाडौं पुर्‍याउने योजना अनुसार दुवै देशको सहमतिमा नाका खुलेको थियो ।

सीमाबाट कोरोना फैलन सक्ने भन्दै जाङ्मु प्रशासनले चीनतर्फ मितेरीपुलमा ल्याइएको सामान अर्को निर्णय नभएसम्म नेपालतर्फ नपठाउने भएको छ ।

हालसम्म १२ कन्टेनर सामान नेपाल भित्रिएका छन् ।

खासामा मात्रै नेपाली व्यवसायीका करिब ८ सय कन्टेनर सामान रोकिएका छन् ।