
काठमाडौं, असोज २० । सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ ।
उहाँले मंगलबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।
उहाँको सोमबार स्वाब सङ्कलन गरिएकामा मंगलबार संक्रमण पुष्टि भएको हो ।
उहाँले आफू संक्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गर्नुभएको छ । रासस
प्रतिक्रिया दिनुहोस्