१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण


0
Shares

haribansha acharya corona positive

काठमाडौं, असोज २० । कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ ।

आफूलाई कोरोनाको संक्रमण भएको आचार्यले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको हो ।

सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले जानकारी दिनुभएको हो ।

कलाकार आचार्यले आफूसँगै आफ्नी श्रीमती रमिलामा पनि कोरोना संक्रमण देखिएको बताउनुभयो । दुबै जनाको स्वास्थ्य सामान्य रहेको उहाँको भनाइ छ ।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार उहाँले लेख्नुभएको छ, ‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं । हामी दुबैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो ।’

आचार्यले आफनो सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि…

Posted by Hari Bansha Acharya on Tuesday, October 6, 2020