१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रदेश १ आन्तरिक पर्यटनमैत्री


0
Shares

पाँचथर, असोज २१ । प्रदेश १ का पर्यटन व्यवसायीले कोरोना संकटबाट पर्यटन व्यवसायलाई जोगाउनु पर्नेमा जोड दिएकाछन् ।

पर्यटकीय स्थलहरुमा संचालनमा रहेका होटलहरुमा पर्यटकहरु नआउँदा सुनसान भएको भन्दै आन्तरिक पर्यटनमैत्री बनाउनु पर्नेमा जोड दिएका हुन् ।

चैत महिनादेखि पर्यटन व्यवसाय बन्द रहँदा व्यवसायी पलायन हुनु पर्ने अवस्था आएको उनीहरुको भनाइ छ ।

मेची करडोरमा पर्ने झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा रहेका पर्यटकीय स्थलको संरक्षण गर्दे आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिन उनिहरुको आग्रह छ ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्न सके राहत पुग्ने आशा व्यवसायी उद्धव पोखरेलको छ ।

व्यवसायीहरु आफैले सामुहिक भ्रमणको शुरुवात गर्ने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने नीति लिएका हुन् ।