१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज २१ । पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ जना पुगेको छ ।

२४ घण्टामा काठमाडौंमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ६१, रुपन्देहीमा ५५, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।