१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शेयरमा दोहोरो अंकको सुधार


0
Shares

काठमाडौं, असोज २१ । बुधबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।

कारोबार उच्च भएर ३ अर्ब नाघ्यो ।

उतारचढावबीच बजार परिसूचक नेप्से १४ अंकले सकारात्मक रहेर १६ सय बिन्दुमा पुग्यो ।

यसदिन कारोबार भएका अधिकाशं समुह उकालो लागेसँगै नेप्से पनि सुधारिएको हो ।

यसदिन उत्पादनमुलक र लघुवित्त समुहमा झिनो अंकको गिरावट आँउदा अरु सबै समुह उकालो लागे ।

विकास बैंक समुह सबैभन्दा उच्च ७७ अंकले उकालो लाग्दा निर्जिवन बिमा,जलविद्युत, होटल, वित्त र जीवन बिमा समुह दोहोरो अंकले उकालो लागे ।

यसदिन १ सय ३७ कम्पनीको शेयर मुल्य बढ्दा ३७ कम्पनीको घट्यो भने ९ कम्पनीको यथावत् रह्यो ।

१ सय ९५ कम्पनीको १ करोड १६ लाख कित्ता शेयर ३ अर्ब ३५ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।