
काठमाडौं, असोज २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक सातामै काठमाडौं उपत्यकामा १० हजार बढी व्यक्तिमा कोरोना संक्रमण भएको जनाएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले निषेधाज्ञा खुलेसँगै भिडभाड र स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमण बढेको उल्लेख गर्नुभयो ।
उहाँले कोरोना संक्रमणको जोखिम बढिरहेको र भेन्टिलेटर तथा आईसियु बेड समेत भरिँदै गएकाले सकेसम्म घरमै सुरक्षित भई बस्न आग्रह गर्नुभयो ।
डा. गौतमकाले काठमाडौं उपत्यकामा आईसियुको १ सय ८१ बेडमध्ये ८२ वटा र ३६ भेन्टिलेटरमध्ये २७ वटा अकुपाइ भएको जानकारी दिनुभयो ।
मन्त्रालयले संक्रमणको जोखिमलाई ध्यान दिँदै चाडपर्वमा पूजाआजा हुने सबै मन्दिरमा पूजारी मात्रै उपस्थित हुने गरि पूजाआजाको व्यवस्था मिलाउन सबै मन्दिर व्यवस्थापन समिति तथा पुजारीलाई आग्रह गरेको छ ।
मन्त्रालयलले कोभिड अस्पताललाई पुर्ण तयारी अवस्थामा राखिएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्