
काठमाडौं, असोज २२ । सरकारले कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौंमा उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बिहीबार नियमति पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती मध्ये ८२ आइसियु श्यया र २७ वटा भेन्टिलेटरमा गम्भीर सङ्क्रमितको उपचार भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अझै ९९ आइसियु र ४९ वटा भेन्टिलेर खाली नै रहेका छन् ।
अहिलेसम्म २३५ आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन ।
ती मध्ये वाग्मती प्रदेशमा १२८ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेका छन् ।
मुलुकभर दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर रहेका छन ।
बिहीबार काठमाडौं उपत्यकामा २५४० जना कोरोनाका सङ्क्रमित भेटिएका छन ।
उपत्यकामा अहिलेसम्म ३६ हजार ३११ जना सङ्क्रमित फेला परेका छन् ।
प्रवक्ता डा. गौतमले कोभिड १९ अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको जानकारी दिनुभयो ।
आकस्मिक सहित सबै सेवा पनि २४ घण्टा खुला गरिएको उहाँले बताउनुभयो ।
उहाँले सामान्य लक्षण र लक्षण विहीन सङ्क्रमितहरु मन्त्रालयले तोकेको मापदण्ड पुरा गरी घरकै आइसोलेसनमा बस्न समेत अनुरोध गर्नुभयो ।
मन्त्रालयले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्र्पक गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ।
थप जानकारी चाहिएमा ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्र्पक गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्