६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नोबेल साहित्य पुरस्कार अमेरिकी कवयित्री लुईज ग्लूकलाई प्रदान


0
Shares

काठमाडौं, असोज २२ । यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवयित्री लुईज ग्लूकलाइ प्रदान गरिएको छ ।

स्टकहोममा बिहीबार आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले अमेरिकी कवयित्री ग्लूकलाई यस बर्षको नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो ।

विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउने छिन ।

उहाँलाई ‘सुन्दर काव्यात्मक आवाज’ का लागि पुरस्कार प्रदान गर्ने निर्णय गरेको स्विडिस एकेडेमीले जनाएको छ ।

सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिनुभएकी ग्लूक यल विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापकसमेत हुनुहुन्छ ।

ग्लूकले सन् १९९३ मा द वाईल्ड आईरिसका लागि पुलिट्जर पुरस्कार र सन् २०१४ मा न्याश्नल बुक अवार्ड पाउनु भएको थियो ।

अक्याडमीकाले भनेको छ– उनी ‘ब्रह्माण्ड खोज्छिन् अनि त्यसका लागि मिथक र शास्त्रीय भावबाट उत्प्रेरित हुन्छिन् ।’

ग्लूकका कवितामा मानव हुनुको पीडादायक यथार्थको चित्रण गरिएको पाइन्छ ।

उहाँ मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु हुनुहुन्छ । (एजेन्सी)