१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनआरएनएको भर्चुअल सम्मेलन शुरु


0
Shares

काठमाडौं, असोज २३ । गैह्र आवासिय नेपाली संघ (एनआरएनए) को तीन दिने ज्ञानसीप सम्मेलन शुक्रबारबाट सुरु भएको छ ।

विश्वभर छरिएर रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल भित्र्याउने उद्देश्य सहित एनआरएनएले भर्चुअल माध्यमबाट सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङ्ले संसारभर छरिएर रहेका एनआरएनहरुको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन आग्रह गर्नुभयो ।

उहांले पछिल्लो समय कोरोना महामारीका कारण अर्थतन्त्रमा चुनौति रहेकोले पनि देशको आर्थिक विकासका लागि सबै गैह्रआवासिय नेपालीको साथ आवश्यक रहेको बताउनुभयो ।

मन्त्री नेम्बाङले वैदेशिक लगानीका लागि सरकारले कानून निर्माण गरिसकेकाले लगानी भित्र्याउन योगदान गर्नपनि आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागि भएका गैह्र आवासीय नेपालीहरुले सम्मेलनमार्फत विज्ञहरुको ज्ञान, सीप र अनुभवलाई नेपालको उद्यम सिर्जना र नीति निर्माण जस्तो काममा लगाउन सहयोग पुग्ने बताएका छन् ।

देशबाहिर रहेका नेपालीहरु विभिन्न क्षेत्रको विशेषज्ञको रुपमा विश्वस्तरका परियोजना र कम्पनीहरुमा काम गरिरहेको भएपनि तीनको पहिचान हुन नसक्दा नेपालमा ती सीप र ज्ञान भित्रिन नसकेकाले त्यसको उजागर गर्ने समेत सम्मेलनको उद्देश्य रहेको छ ।