१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


८ महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीहरु रिले अनसनमा


0
Shares

काठमाडौं, असोज २३ । कोरोना महामारीबाट प्रभावितहरुको उपचारमा संलग्न रहनु पर्ने स्वास्थ्यकर्मीहरु आठ महिनादेखि तलब नपाएको भन्दै आन्दोलित बनेका छन् ।

ठमेलस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले सरकारको निर्देशन विपरित कर्मचारी निकाल्नुका साथै नियमित तलब समेत नदिएपछि यही असोज ११ गतेदेखि स्वास्थ्यकर्मीहरुसहित ८० जनाले रिले अनसन गरिरहेका छन् ।

रिले अनसन बसेको १३औं दिनसम्म व्यवस्थापनले कुनै सुनुवाई नगरेको आन्दोलित स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

अस्पतालले कोरोना महाव्याधी सुरु हुनु अगाडिदेखि नै तलब नदिएपछि स्वास्थ्यकर्मीको दैनिकमा समेत असर परेको छ ।

माघ महिनामा आधा तलब प्राप्त गरे बाहेक हालसम्म स्वास्थ्यकर्मीले पारिश्रमिक पाउन सकेका छैनन् ।

व्यवस्थापनले पटक पटक पारिश्रमिक दिने आश्वासन दिएर झुक्याउदै आएको आन्दोलित स्वास्थ्यकर्मीले बताएका छन् ।