२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आपतकालीन उपचारका लागि स्वयमसेवी संस्था गठन


0
Shares

काठमाडौं, असोज २३ । आपतकालिन अवस्थामा प्राथमिक उपचार नागरिक स्तरबाट काम गर्नका लागि स्वयमसेवी संस्था गठन भएको छ ।

विभिन्न खालका दुर्घटना, चोटपटक, विरामी लगायतको तत्काल प्राथमिक उपचार गर्ने गरी स्वयमसेवी संस्था योगदान राष्ट्रका लागि गठन भएको हो ।

बेहोस भएको, अंगभंग भएको, करेण्ट लागेमा, सर्पको टोकाए, रक्तश्राव, आगोले पालेको विष सेवन गरेको, हृदयघात, दम, पानीमा डुबेको, प्राकृतिक विपत्ति लगायतका जोखिमा काम गर्न संस्था गठन भएको हो ।

नेपालमा हजारौ संघ संस्थाहरु दर्ता भएपनि कोरोना महामारीको समयमा स्वयमसेवा गर्ने व्यक्ति र संस्थाहरु नभेटिएकाले ‘योगदान राष्ट्रका लागि’ गठन भएको बताउनुभयो ।

योगदान राष्ट्रका लागि संस्थाले दिप प्रज्वलन, वृक्षारोपण, रक्तदान, कोरोनालाई मध्यनगर गर्दै मास्क र सेनिटाइजरको सही प्रयोग र विरण लगायतका कार्यक्रम गर्दै आएको छ ।

यसैगरी कोरानाका कारण दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई राहत वितरणका काम पनि संस्थाले गर्दै आएको छ ।