
हेटौंडा, असोज २३ । हेटौंडामा भीमफेदी कुलेखानी सुरुङ्गमार्ग आयोजनाको कार्यालय स्थापना गरीएको छ ।
शुक्रबार प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले आयोजनाको कार्यालय शुभारम्भ गर्नुभयो ।
सुरुङ्गमार्ग आयोजनाका प्रमुख नविन कुमार सिंहले सुरुङ्गमार्गको कामको गति अगाडी बढाउन कार्यालय स्थापना गरिएको बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रियस्तरका परामर्शदाताको १२ वटा कम्पनीले पेश गरेको प्रस्तावहरुको मुल्यांकन भइरहेको जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीब बरालले सुरुङ्गमार्गको वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) को काम भइरहेकोे बताउदैं आयोजनाको डिपिआर पुरावलोकनको काम भइरहेको र त्यसपछि ठेक्का प्रक्रिया अघि बढाइने बताउनुभयो ।
उहाँले १९ अर्व ३२ करोड ५ लाख ७६ हजार लागतमा निर्माण हुन लगेको प्रदेश सरकारको गौरबको आयोजनाको रुपमा रहेको ३ किलोमिटरको सुरुङ्गमार्ग ४२ महिनामा सम्पन्न गरिने लक्ष्य रहेकोे बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्