१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बस र मोटरसाईकल ठोकिदा दुईजनाको मृत्यु


0
Shares

स्याङजा, असोज २३ । स्याङजाको भीरकोट नगरपालिका–१ दार्सिङमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङबाट भीरकोट तर्फ आईरहेको ग १ क ४३७० नम्बरको बस र विपरित दिशाबाट गईरहेको ग १३ प २८१४ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका भीरकोट नगरपालिका ३ घर भई कपिलबस्तु बस्ने ३१ बर्षीय गुप्तबहादुर खत्री र भीरकोट ३ नै घर भई वालिङ नगरपालिका बस्ने ५८ बर्षीय ढालबहादुर रानाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।