
खोटाङ, असोज २५ । खोटाङमा अरिङगालको टोकाइबाट एकजना युवकको मृत्यु भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय पातलसिङ राईको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
अरिङगालले टोकेपछि बेहोस भएका राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो ।
घाँस/दाउरा गर्न जंगल गएका राईलाई दिउँसो अरिङगालले टोकेको थिए ।
प्रतिक्रिया दिनुहोस्