
रोमन आचार्य (इमेज)
काठमाडौं, असोज २५ । कार्यतालिका अनुसार काम नहुँदा कांग्रेसको फागुनका लागि तय भएको १४ औं महाधिवेशन पर धकेलिएको छ ।
थपिएको १ वर्षमा समेत संस्थापन पक्ष महाधिवेशनमा आफ्नो प्रभाव जमाउन कम्मर कस्ने तथा इतर समूह त्यसैको विरोधमै सिमित रहँदा जिल्लाहरुमा पार्टी समायोजनको काम समेत हुन सकेको छैन ।
१० लाख कृयाशील सदस्य पुर्याउने महत्वाकांक्षा राखेपनि सदस्यता नविकरण र वितरण गर्न नसक्दा पुसबाट तल्ला तहबाट शुरु हुनुपर्ने महाधिवेशनको तिथि अनिश्चित बनेको हो ।
आइतबारकालाई तय भएको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित बनेसँगै कांग्रेसको आसन्न १४ औं महाधिवेशनको भविष्य समेत अन्योल बनेको छ ।
तेस्रो पटक महाधिवेशनको कार्यतालिका संशोधन गर्ने उद्धेश्यले बोलाइएको बैठक दशै अघि संभव देखिदैन ।
यसले पुसबाट हुने भनिएको तल्ला तहको अधिवेशन पनि धकेलिने छ ।
महाधिवेशनको मेरुदण्ड कृयाशील सदस्यता नविकरण र वितरण शुरुनै नभएको अवस्थामा पौडेल समूह भने दुइ महिनाभित्र सदस्यताको टुंगो लगाएर तोकिएकै मितिबाट अधिवेशनका कार्यक्रम शुरु गर्नुपर्ने जिकीर गर्छन् ।
असार २२ गते केन्द्रीय कार्यसमितिको बैठकले दोस्रो पटक महाधिवेशन कार्यतालिका संशोधन गरेको थियो ।
तालिकामा श्रावण १० गतेभित्र पार्टी समायोजनका काम सक्ने भनिएको थियो ।
तर कार्तिक लाग्दा समेत करिव १ दर्जन जिल्लामा समायोजनका काम बाँकी छन् ।
जसले सदस्यता वितरणमा समस्या भएको छ । यस्तै राप्रपा लगायत अन्य दल परित्याग गरेर पार्टी प्रवेश गरेकाहरुको समेत समायोजन भएको छैन ।
कार्यतालिका अनुसार असार साउन मसान्तभित्र जिल्लामा क्षेत्रीय कार्यसमितिले नयाँ कृयाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले कृयाशील सदस्यता नविकरण गरिसक्नुपर्ने थियो ।
यस्तै भाद्र मसान्तभित्र कृयाशील सदस्यताको सूची केन्द्रमा पठाउने, असोज १५ मा कृयाशील सदस्यताका विषयमा केन्द्रीय छानमिन समितिमा उजुरी दिने,असोज मसान्तभित्र उजुरी उपर प्रारम्भिक छानविन समितिले निर्णय गर्ने र २०७७ मसीर मसान्तभित्र पार्टी सभापतिबाट हस्ताक्षर गरेर कृयाशील सदस्यहरुको सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तालिका छ ।
यस्तै पुस ६ गते वडा अधिवेशन, ८ गते गाउँ÷नगर अधिवेशन, ११ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, पुस १३ मा एक मात्र प्रतिनिधसभा निर्वाचन भएको क्षेत्रमा अधिवेशन, १६ गते एक भन्दा बढी निर्वाचन भएको जिल्लामा अधिवेशन,माघ ६ गते सातै प्रदेशमा अधिवेशन गर्ने कार्यतालिका रहेको थियो भने फागुन ७ देखि १० सम्म केन्द्रीय अधिवेशनको कार्यतालिका थियो ।
संस्थापन पक्षले भदौंसम्म महाधिवेशन गर्ने सोचाइ बनाएको छ ।
यस्तै पार्टीमा पौडेल समूहले विधानविपरित चालिएका कदमहरु नसच्याए संघर्ष गर्ने भनि दिएको चेतावनीले पनि महाधिवेशन कार्यतालिका प्रभावित हुन सक्ने एकथरीको भित्र छ ।
पार्टी समायोजननै सम्पन्न भइनसकेको अवस्थामा १० लाख कृयाशील सदस्य पुर्याएर कांग्रेसले फागुनमा महाधिवेशन गर्न अब भने सजिलो छैन ।
कार्यतालिका संशोधन गर्दै प्रकृया शुरु गरेमात्र ६ महिना म्याद थपेर महाधिवेशन हुने देखिन्छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्