
हेटौंडा, असोज २५ । मकवानपुरको मनहरी गाउँ कार्यपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले असोज ३० गतेसम्म गाउँपालिकाको कार्यपालिका बन्द रहने जानकारी दिनुभयो ।
केही कर्मचारीहरु र स्थानीयमा समेत संक्रमण देखिएकाले कार्यालय बन्द गर्नुपरेको चौलागाईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्