१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा कोरोनाबाट ६७ वर्षीया महिलाको मृत्यु


0
Shares

सप्तरी,असोज २५ । सप्तरीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ नं वडाध्यक्ष प्रेम यादवले बताउनुभयो ।

पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

होम आइसोलेसनमा बस्दै आएकी उनलाई आइतबार बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो ।

यससमेत सप्तरीमा कोरोनाबाट तीन महिलासहित २१ जनाको मृत्यु भएको छ । रासस