१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयरलाई कोरोना संक्रमण देखिएपछि बर्दघाट नगरपालिका ‘सिल’


0
Shares

नवलपरासी, असोज २७ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका मेयरमा कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय सिल गरिएको छ ।

नगर प्रमुख धिरज शर्मा बस्याललाई संक्रमण देखिएपछि आजदेखि नगरपालिकाका सबै सेवा बन्द गरिएको सूचना अधिकारी पुष्कर काफ्लेले बताउनुभयो ।

नगरपालिकाका केही कर्मचारीहरुमा पनि सामान्य लक्षण देखिएको बताइएको छ ।

वडा कार्यालयहरुको काम भने सुचारु छ ।