६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेप्से पुनः ओरालो यात्रामा


0
Shares

काठमाडौं, असोज २७ । धितोपत्र बजारमा मंगलबार शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.४२ अङ्कले घटेर एक हजार ५६८.५९ मा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.७० बिन्दुले घटेर ३११.४१ मा झरेको छ ।

कूल १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर रु. एक अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ मूल्यमा खरिद बिक्री भए ।

लगानीकर्ताले नाफा बुक गर्न थालेका कारण बजार पुनः ओरालो लाग्न थालेको छ ।

त्यसको प्रभावस्वरुप मंगलबार कारोवार रकममा समेत गिरावट आएको छ ।

मंगलबार कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

व्यापार १.४९, उत्पादन १०.८४ र सामूहिक लगानी कोष ०.०५ ले बढेको छ ।

यस्तै, बैंकिङ ७.७, होटल १०.०६, विकास बैंक ८.५६, जलविद्युत् २७.८४, वित्त १६.३, निर्जीवन बीमा ४८.४१, अन्य १.५१, लघुवित्त १३.६३ र जीवन बीमा ३८.९४ ले ओरोलो लागेको छ ।

कारोवारका आधारमा मंगलबार अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु. ११ करोड २६ लाख २१ हजार ४७३ बराबरको कारोवार भयो ।

यस्तै, ज्योति विकास बैंक रु. ११ करोड सात लाख एक हजार ४०४, मुक्तिनाथ विकास बैंक रु. आठ करोड ५३ लाख ७० हजार १६७, नेपाल पुनरबीमा कम्पनी रु. छ करोड ३२ लाख ८९ हजार ४००, सानिमा माई हाइड्रोपावर रु. पाँच करोड ४६ लाख ७४ लाख ७४ र नेपाल बैंकको रु. पाँच करोड २४ लाख ७१ हजार ४५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

कारोवारका आधारमा मंगलबार ज्योति विकास बैंक ४.८३, लक्ष्मी उन्नति कोष, ३.३३, युनिलिभर नेपाल ३.०९, एनआइबिएल प्रगति फण्ड २.३६, सिटिजन म्युचअल फण्ड १.७६ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले १.५५ प्रतिशतले कमाए ।

यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ८.७२, दिव्यश्वरी हाइड्रोपावर ७.५०, खानीखोला हाइड्रोपावर ७.२६, रिडी हाइड्रोपावर ७.२२, घलेम्दी हाइड्रो ६.७७, समृद्धि फाइनान्स ६.५४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.३५ प्रतिशतले गुमाएका छन् । रासस