१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


रोनाल्डोलाई कोरोना संक्रमण


0
Shares

ronaldo corona positive

एजेन्सी, असोज २७ । फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना पोजिटिभ भएको छ ।

कोरोना भाइरसको परीक्षण गर्दा रोनाल्डोलाई पोजिटिभ देखिएको समाचार यूकेस्थित डेली मेलको अनलाइन भर्सनले जनाएको छ ।

उक्त अनलाइनले भनेको छ, क्रिश्चियानो रोनाल्डोले कोरोना भाइरसको परीक्षण गराएको र नतिजा पोजिटिभ आएको छ ।

स्पेन र फ्रान्सविरुद्ध राष्ट्रिय टोली पोर्चुगलबाट खेलेको भोलिपल्ट गरिएको परीक्षणमा रोनाल्डोलाई संक्रमण देखिएको हो ।

कोरोना पोजिटिभ देखिएलगत्तै उनले टिमबाट बाहिरिएको र बुधबार स्वीडेनसँगको खेल पनि छुटाउनु पर्ने भएको जनाइएको छ ।

३५ वर्षीय स्टार खेलाडी रोनाल्डोले खेलका क्रममा टिमका साथिहरुसँग फोटो खिचाएकाले अरुलाई पनि संक्रमण भयो कि भन्ने त्रास बढेको छ ।

कुनै लक्षण नदेखिएका उनी अहिले सेल्फ आइसोलेसनमा रहेका छन् ।