
काठमाडौं, असोज २८ । भारतको आन्ध्र प्रदेश र तेलंगनामा भीषण वर्षासंगै आएको बाढीमा २० जनाको मृत्यु भएको छ ।
बाढीका कारण नदीको सतह बढेकाले पानी बस्तीसम्म प्रवेश गरेपछी कयौं घरहरु डुबानमा परेका छन् ।
भीषण बर्षापछी ठाउँ ठाउँमा पहिरो समेत गएका कारण आन्द्र प्रदेशका थुप्रै घरहरु पुरिएका छन् ।
बर्षाका कारण हैदराबादका अधिकांश घरहरुमा पानी पसकेका सयौं मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
हिजो दिउँसोदेखि भीषण वर्षा हाल सम्म पनि रोकिएको छैन भने भारी बर्षा अझै केही दिनसम्म रहने त्यहाँका मौसमबिदहरुले जनाएका छन् ।
हैदराबादमा पछिल्लो २० वर्षमा यो नै सबैभन्दा भीषण वर्षा भएको बताईएको छ ।
बर्षाका कारण यातायात सेवा समेत ठप्प हुनुका साथै बिजुली आपूर्ती समेत बन्द भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्