
काठमाडौं, असोज २९ । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ ।
आगलागीमा परी ३ जना सामान्य घाइते भएको महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएको छ ।
घाइतेहरुको खुट्टामा पोलेको र उनीहरुको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्