२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उखु किसानलाई सरकारी अनुदान


0
Shares

सर्लाही, असोज २९ । सर्लाहीका उखु किसानको बैंक खातामा बिहीबारबाट सरकारी अनुदानको रकम जम्मा हुन थालेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख जगत प्रसाद थपलियाले बिहीबारबाट किसानको नामावली, चेक र चिठ्ठी बैङ्कहरुलाई बुझाइयको बताउनु भयो ।

दशैँको बिदा हुनु अघिनै किसानले पैसा पाउने गरी कार्यालयका अन्य कामहरु रोकेर भएपनि आफूहरु किसानकै काममा लागि परेको कोलेनिका प्रमुख थपलियाको भनाई छ ।

उहाँका अनुसार यो पटक अनुदानको रकम सोझै किसानको खातामा जाने छ ।

असोज २० गते जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सर्वपक्षिय छलफलबाट असोज महिनाभित्रै किसानको खातामा रकम पठाउने निर्णय गरिएको छ ।