
सिन्धुली, असोज ३० । पछिल्लो समयम कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको संख्या दिनदिनै बढदै जान थालेपछि विभिन्न जिल्लाहरुमा जनस्तरबाट आइसोलेशन भवनहरुको निर्माण गर्ने क्रम बढेको छ ।
सिन्धुलीमा वागमती प्रदेश सरकार, स्थानीय तह र जनस्तरको सहयोगमा ५० बेड क्षमताको आइसोलेशन भवन निर्माण भएको छ ।
संक्रमितहरुको संख्या एक्कासि बढेसंगै सुरक्षित रुपमा उपचार गराउन समस्या भएपछि वागमति प्रदेश सरकार, स्थानीय तह र जनस्तरको सहयोगमा आइसोलेशन भवन निर्माण गरिएको हो ।
प्रदेश सरकारको ९७ लाख, सिन्धुलीका ९ वटा स्थानीय तहबाट ५० लाख तथा स्तथानीयको सहयोग गरी करिव २ करोड ५० लाख रुपैयाको लागतमा भवन निर्माण गरिएको हो ।
सुविधा सम्पन्न आइसोलेशन भवन एक महिनाको अवधिमै निमार्ण भएको हो ।
प्रतिक्रिया दिनुहोस्