
काठमाडौं, असोज ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरामीको उपचारमा खटिएका चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको लक्षण देखिए वा पोजिटिभ आएपछि मात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्न निर्देशन दिएको छ ।
मन्त्रालयको हिजो बसेको सचिव स्तरीय बैठकले प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मी वा कर्मचारीलाई पोजिटिभ देखिए वा लक्षण देखिए मात्र आइसोलेसनमा बस्न आग्रह गरेको हो ।
संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी , चिकित्सक तथा अन्यकर्मचारीहरुको व्यवस्थापन सम्बन्धि मार्ग निर्देशिका परिमार्जन गर्दै यो व्यवस्था लागु गराउन खोजिएको मन्त्रालयले जनाएको छ ।
यसका लागि मन्त्रालयले कोभिड सबै अस्पतालहरुलाई समेत पत्रचार गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्