
तस्विर फाइल
काठमाडौं, असोज ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल निको भई शुक्रबार घर फर्किनुभएको छ ।
उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहनुभएका पूर्व प्रधानमन्त्री खनाल शुक्रबार घर फर्किनुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्