
तस्विर फाइल
काठमाडौं, कात्तिक २ । ब्लड डोनर्स एसोसिएसन नेपाल र जागरुक युवा समाजको संयुक्त आयोजनामा काठमाडौंको बसन्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ ।
अस्पतालहरुमा रगतको कमी नहोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा समाजले जनाएको छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरि आयोजित कार्यक्रममा विभिन्न व्यक्तिले रक्तदान गरेका थिए ।
कोरोना महामारी फैलिएयता रक्तदानका कार्यक्रमहरुमा केही कमी आएको छ ।
रगतको अभावमा कुनै पनि व्यक्तिले अकालमा ज्यान गुमाउन नपरोस भनेर विभिन्न संघ–संस्थाले महामारीकैबीचमा पनि रक्तदानको कार्यक्रमहरु राखिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्