१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङमा बजार अनुगमनमा तीब्रता


0
Shares

ताप्लेजुङ, कात्तिक २ । चाडबाड नजिकिएसंगै ताप्लेजुङमा बजारमा अनुगमन थालिएको छ ।

घरेलु कार्यालय र फुङलिङ नगरपालिकाले आइतबार संयुक्त रुपमा बजार अनुगमन गरेका छन् ।

सदरमुकाम फुङलिङका ३४ वटा पसलहरुमा गरिएको अनुगमनका क्रममा म्याद नाघेका खाद्या सामाग्री, सडेगलेका माछा फेला परको छ ।

अधिकांस पसलले दर्ता नविकरण नगरेको समेत पाइएको छ ।

चाडपर्व नजिकिएसँगै उपभोक्ताहरु बढी ठगिने सम्भावना हुँदा अनुगमन तिव्र पारिएको हो ।

यता सर्वसाधारणले बजार अनुगमन चाडपर्वका समयमा मात्रै नभई निरन्तर गर्नुपर्ने बताउँछन् ।

मुख्य बजारका पसलहरुमा मात्रै नभई भित्री बजारका पसलहरुमा समेत अनुगमन गर्न आवश्यक रहेको स्थानीयको जोड छ ।