
काठमाडौं, कात्तिक २ । कोरोना (कोभिड १९) संक्रमणको जोखिमका बाबजुद पनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइँचो बढेको छ ।
बैंकहरुले सबै शाखाकार्यालयहरु मार्फत सेवा दिए पनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको देखिन्छ ।
दशैं नजिकिदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेको छ ।
कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडक सम्मै आएको देखिएको छ ।
संक्रमणको कारण सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भिडभाड बढेको बैंकर्सहरु बताउँछन् ।
बैंकहरुले डिजिटल बैंकिङमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाए पनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंकसम्म पुग्नै पर्ने बाध्यता रहेको छ ।
यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरी पनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्