
काठमाडौं, कात्तिक २ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति उम्मेद्वार कमला ह्यारिसले बडादशैँ (नवरात्री) को अवसरमा हिन्दूहरुलाई शुभकामना दिनुभएको छ ।
दुबै जनाले आफ्नो समाजिक सञ्जाल ट्वीटरमार्फत् शुभकामना दिनुभएको हो ।
राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेनले आफू र पत्नी जिलका तर्फबाट अमेरिकी र संसारभर रहेका हिन्दूलाई शुभकामना दिनुभएको हो ।
बाइडेनले भन्नुभएको छ, ‘हिन्दू चाड नवरात्री शुरु भएको छ, जिल र म अमेरिका र संसारभर उत्सव मनाइरहेकाहरुलाई शुभकामना दिन्छौँ । फेरि एकपटक राम्रोले खराबविरुद्ध विजय प्राप्त गरोस् र सबैलाई नयाँ शुरुआत र अवसरका लागि शुभकामना ।’
उपराष्ट्रपति पदकी उम्मेदवार ह्यारिसले पनि श्रीमान् डोउग्लास इमहोफलाई मेन्सन गरेर दुवै जनाको तर्फबाट शुभकामना दिँदै भन्नुभएको छ, ‘डोउग्लास इमहोफ र म हाम्रा हिन्दू अमेरिकन साथीहरु र परिवार तथा नवरात्री मनाइरहेका सबैलाई शुभकामना दिन्छौँ । यो दिनले हामी सबैलाई, हाम्रो समुदाय र समृद्ध अमेरिकालाई न्याय र समावेशी बनाउन प्रेरित गरोस् ।’
ह्यारिसकी आमा श्यामला गोपालन भारतीय मूलकी अमेरिकी हुन् भने बाबु डोनाल्ड ह्यारिस जमैकन मूलका अमेरिकी हुन् ।
प्रतिक्रिया दिनुहोस्