
सुर्खेत, कात्तिक ३ । कर्णाली प्रदेशका स्थानीय र प्रदेश तहका जनप्रतिनिधिको लागि दसैं खर्चबापत सवा ६ करोड रुपैयाँ खर्च भएको छ ।
प्रदेशसभाले पारित गरेको कानुनअनुसार उनीहरुको बैंक खातामा ६ करोड २ लाख रुपैयाँ चाडवाड खर्च गएको हो ।
प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुलाई एक महिनाको तलव बराबरको रकम र स्थानीय तहका वडा सदस्यदेखि प्रमुखसम्मलाई १५ हजार रुपैयाँ दिईएको हो ।
कर्णाली प्रदेशसभाका ४० सदस्यमध्ये १८ जना सरकारमा मुख्यमन्त्री र मन्त्री तथा प्रदेशसभाका पदाधिकारी रहेका छन् ।
प्रदेशसभामा सबैभन्दा कम मासिक पारश्रमिक प्रदेशसभा सदस्यको ४५ हजार रुपैयाँ र सबैभन्दा बढी मुख्यमन्त्रीको ६० हजार ९ सय ६० रुपैयाँ रहेको छ । कर्णालीका ७९ स्थानीय तह र १० जिल्ला समन्वय समितिमा ४ हजार १६ जना जनप्रतिनिधि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्