२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रदेश १ का सासंदले पाएनन् दशैं भत्ता


0
Shares

विराटनगर, कात्तिक ३ । प्रदेश १ प्रदेश सभाका पदाधिकारी तथा सदस्य दसैं भत्ता नपाउने भएका छन् ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा प्रदेशसभा सदस्यहरुलाई दसैं खर्च उपलब्ध गराउने व्यवस्था नभएकाले भत्ता नपाएका हुन् ।

प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ ।

प्रदेशसभाका ९३ सदस्यमध्ये नेकपाको ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरम ३, स्वतन्त्र, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकरएक सदस्य छन् ।

प्रदेशसभा सदस्यका स्वकीय सचिवहरु भने कर्मचारी सरह भएकाले उनीहरुलाई दसैं खर्च दिइने भएको छ ।