२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा दोहोरो अंकको सुधार


0
Shares

काठमाडौं, कात्तिक ३ । सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।

कारोबार अर्ब नजिक पुग्यो । उतारचढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १५ सय ७० पुग्यो ।

कारोबार भएका सबैजसो समुहमा सुधार आएसँगै नेप्से पनि हरियो रहेको हो ।

यसदिन निर्जिवन बीमा समुह सबैभन्दा उच्च ९९ अंकले उकालो लाग्दा होटल, जीबन बीमा, जलविद्युत, विकास बैंक, वित्त र लघुवित्त समुह दोहोेरो अंकले उकालोा लागे ।

व्यापार समुह नगन्य अंकले मात्र रातो रह्यो ।

१ सय ४० कम्पनीको शेयर मुल्य बढ्दा १० कम्पनीको ओरालो लाग्यो ।

यसदिन १ सय ८९ कम्पनीको ३३ लाख ५३ हजार कित्ता शेयर ९७ करोड ९ लाखमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।