
काठमाडौं, कात्तिक ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका सांसदहरुको दशैँ भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
नेकपा संसदीय दलका नेता समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय संसदका दुवै सदनका दलका नेता र सचेतकहरुको बैठकले दशैँ भत्ता बापत आएको रकम नलिने र उक्त भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
सांसदहरुले दशैँ भत्ता लिएसंगै चौतर्फी आलोचना भएपछि नेकपाका केही सांसदहरुले यसअघि नै भत्ता नलिने घोषणा गरेका थिए ।
आफ्नो दल नेकपा संसदीय दलका उपनेता र सचेतकसंगको बैठकमा प्रधानमन्त्री ओलीले अहिलेको विषम परिस्थितिमा सांसदलाई बाँडिएको दशै भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय उचित हुने बताउनुभएको थियो ।
प्रतिनिधिसभामा नेकपाका १ सय ७४ र राष्ट्रियसभामा ४६ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्