
काठमाडौं, कात्तिक ४ । नेपाली कांग्रेसले कोरोना भाइरसको उपचार गर्दिन नभन्न फेरि पनि सरकारको ध्यानकर्षण गराएको छ ।
प्रधानमन्त्री केपी ओलीसँग कांग्रेसले जनताको उपचार गर्दिन भन्दा जनताले पनि कर तिर्दिन भनेर जवाफ फर्काए भने के देशले त्यो धान्न सक्छ भन्ने प्रश्न गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नुभएको छ, ‘‘उपचार गर्दिन’ सरकारले भन्दा जवाफमा जनताले ‘कर तिर्दिन’ भने कसरी धान्ने सम्माननीय @PM_Nepal ?
प्रवक्ता शर्माले उपचार निःशुल्क गरिने घोषणा तत्काल गर्न प्रधानमन्त्रीसँग आग्रह गर्दै अन्यथा जनताको प्रतिरोध सामना गर्नुपर्ने हुनसक्नेमा सचेत गराउनु भएको छ ।
‘उपचार निशुल्क गर्ने घोषणा अविलम्ब गर्न विनम्र आग्रह स्वीकार गर्नोस् कि #NoTreatmentNoTax को बुलन्द जनअभियान सामना गर्न तयार बस्नोस् । जय नेपाल !’
शर्माले गरेको ट्वीटमा केहीले भने सरकारले धनीमानी र सक्नेको उपचार किन गर्ने भन्दै प्रतिप्रश्न पनि गरेका छन् ।
उनीहरुले स्वास्थ्य मन्त्रालयले कोरोना उपचारका सम्बन्धमा तयार गरेको नयाँ मापदण्डलाई पनि रिट्वीट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्