१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपचारलाई प्रभावकारी र सामाजिक न्यायसहितको समता प्रदान गर्न सबै संक्रमितको उपचार नगर्ने निर्णय : स्वास्थ्यमन्त्री


0
Shares

काठमाडौं, कात्तिक ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको उपचारलाई प्रभावकारी बनाउन र उपचारमा सामाजिक न्यायसहितको समता प्रदान गर्न सबै संक्रमितको उपचार नगर्ने निर्णय गरेको बताउनुभएको छ ।

मंगलबार एक भिडियो सन्देशमा मन्त्री ढकालले कोरोना भाइरसको नियन्त्रण गर्न र उल्लेखित व्यक्तिहरुको स्वास्थ्य उपचार प्रत्याभुती गर्न आवश्यक भएकाले सो निर्णय लिएको स्पष्ट पार्नुभयो ।

सबै नागरिकको उपचार गर्न पूवार्धार तयारी अवस्थामा राखिएको र सबैको संक्रमितको समान रुपमा नै उपचार गरिने भन्दै उहाँले नागरिकको हक र सर्वोच्च अदालतको फैसलाप्रति संवेदशील रहेको समेत बताउनुभयो ।

यस्तै मन्त्री ढकालले स्थानीय, प्रदेश स्तरका अस्पतालहरुमा ६ हजार २ सय २ वटा शैया थप गर्ने कार्य सूचारु भएको बताउनुभएको छ ।

६ सय ५९ स्थानीय तहहरुमा ५ शैयाको अस्पताल स्थापना गर्ने, प्रदेशका ५८ अस्पतालमा २५ देखि ५० शैयासम्म थप गर्ने लगाएतका कार्य सुरु भएको जानकारी दिनुभयो ।