१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


शुक्लाफाँटामा जङ्गल सफारी र वाक खुला


0
Shares

कञ्चानपुर, कात्तिक ४ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी र वाक खुला गरिएको छ ।

निकुञ्ज कार्यालयले सूचना निकालेर सुरक्षाका मापदण्ड पालना गर्ने गरी सफारी र वाकका लागि निकुञ्ज खुला गरिएको जनाएको छ ।

जङ्गल सफारी तथा जङ्गल वाकमा जाँदा अनिवार्यरुपमा नेचरगाइड साथमा हुनुपर्ने छ ।

निकुञ्ज कार्यालयले तोकेको रुटमा मात्र जङ्गल ड्राइभ र जङ्गल वाक गर्न पाइने जनाएको छ ।

निकुञ्जमा जङ्गल सफारी र जङ्गल वाकमा जाने पर्यटकले राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३० को पूर्णपालना गर्नुपर्ने छ ।

निकुञ्ज प्रवेश बन्द हुँदा पर्यटकीय गतिविधि शून्य रहेको थियो ।