२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा दोहोरो अंकको सुधार


0
Shares

काठमाडौं, कात्तिक ४ । मंगलबार शेयर बजारमा दाहोरो अंकले सुधार आयो ।

कारोबार अर्ब नाघ्यो ।

उतारचढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १५ सय ८२ मा पुग्यो ।

सेन्सेटिभ इन्डेक्स पनि २ अंकले बढेर ३ सय १३ विन्दु पुग्यो ।

यसदिन कारोबार भएका सबै समुह उकालो लागे ।

सबै उपसुचकहरु सकारात्मक रहदा जीवन बिमा कम्पनी सबैभन्दा बढी ७८ अंकले उकालो लाग्दा निर्जिवन बिमा, अन्य, जलविद्युत, होटल, विकास बैंक, वाणिज्य बैंक, लघुवित्त र जलविद्युत समुह क्रमश दोहोरो अंकले उकालो लागे ।

यसदिन १ सय ४१ कम्पनीको शेयर मुल्य बढ्दा १६ कम्पनीको शेयर मुल्य ओरालो लाग्यो ।

जनरल ईन्सोरेन्स कम्पनीले कमाउँदा नेपाल फाइनान्स लिमिटेडले सबैभन्दा बढी गुमायो ।

यसदिन १ सय ९३ कम्पनीको ५० लाख २४ हजार कित्ता शेयर १ अर्ब २७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।