१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति विद्या भण्डारीबाट रानीपोखरी उद्घाटन, ग्रन्थकूट शैलीमा ठडियो बालगोपालेश्वर मन्दिर


13
Shares

president Bdhya bhandari ranipokhari opening

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ ।

२०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण गरिएको रानीपोखरी र बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरको बुधबार एक समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो ।

पाँच वर्ष पाँच महिनाअघिको भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरी पुनर्निर्माण गर्न राष्ट्रपति भण्डारीले नै २०७२ माघ २ गते शिलान्यास गर्नुभएको थियो ।

भूकम्पअघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर भने पछिल्लो पटक प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकूट (शिखर) शैलीमा पुननिर्माण गरिएको हो ।

रानीपोखरीलाई आधुनिक शैलीको स्वीमिङ पुल बनाउन खोजिएपछि सर्वसाधारणले विरोध गरेपछि एैतिहासिक स्वरुपमै पुनर्निर्माण गरिएको छ । पोखरी बनाउन भक्तपुर नगरका महिलाहरुले विशेष सहयोग गरेका थिए ।

रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अरु सम्पदाको पुनर्निर्माण पनि चाँडै सकिने बताउनुभयो ।

यसैबीच राष्ट्रपति भण्डारीले दरबार हाइस्कुलको पनि उद्घाटन गर्नुभएको छ । दरबार हाइस्कुलको पुनर्निर्माण चीन सरकारको सहयोगमा भएको हो ।