२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभा अध्यक्ष र कोरियाका राजदुतबीच भेटवार्ता


0
Shares

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा द्धिपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ ।

यस्तै कोभिडको विषम परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्रियाकलापको विषयमा समेत छलफल भएको छ ।

भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सरकारको विकास सहयोग प्रदान गर्ने प्राथमिकता साझेदार राष्ट्रको सूचीमा नेपाल पनि परेको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो ।

नेपालको सामाजिक, आर्थिक विकासको क्षेत्रमा दक्षिण कोरियाले निरन्तर सहयोग गरेको र आगामि दिनमा पनि थप सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

ईपीएस प्रणालीमा सहभागिताले नेपाली युवाहरुको बलियो अर्थोपार्जनको सुनिश्चितता गर्दै दुवै देशको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेलेको महसुस भएको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

भेटवार्तामा राजदूत योङसिकले भने नेपालले लामो समय कोरियाका लागि राजदूत नियुक्त नगर्दा कतै नेपालको प्राथमिकतामा कोरिया नपरेको हो की भन्दै चासो व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सँधै नेपालको प्राथमिकतामा रहेको बताउनुभयो ।

राजदूत नियुक्तिमा भएको ढिलाई प्रति सरकार सचेत रहेको भन्दै छिट्टै राजदूत नियुक्ति प्रक्रिया अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।