१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दशैंमा पनि कोभिड अस्पताल खुला


0
Shares

काठमाडौं, कात्तिक ५ । गत २४ घन्टामा नयाँ कोरोना संक्रमितको संख्या ५ हजार ७४३ देखिएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार बुधबार सोही अवधिमा २ हजार ९९६ निको भएर घर फर्कनुभएको छ ।

हालसम्म निको भएर घर फर्कनेको कूल सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।

बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा तीनहजार १०७ नयाँ संक्रमितमध्ये काठमाडौंमा २ हजार ३९१, भक्तपुर १७३ र लतिपुरमा ५४३ रहेको जानकारी दिनुभयो ।

हाल क्वारेन्टिनमा ४ र हजार ६५ छन् ।

गत २४ घण्टाभित्र २० हजार ११८ पिसीआर परीक्षण गरिएको छ भने हालसम्म १३ लाख ३४ हजार ८९७ को पीसीआर परीक्षण सम्पन्न भएको छ ।

संक्रमित शून्य भएको जिल्ला मुस्ताङ छ ।

प्रवक्ता प्रा.डा. गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै दशैं पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड अस्पताल खुल्ला रहने जानकारी दिनुभयो ।